Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सुडानमा मृत्यु भएका लेफ्टिनेन्ट कर्नेल विष्टको अन्त्येष्टि गरियो


0
Shares

काठमाडौं । सुडानमा मृत्यु भएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल ऋदेश विष्टको आइतबार अन्त्येष्टि गरिएको छ ।

यही चैत १३ गते डियुटीमै रहेका बेला सुडानमा विष्टको हृदयघातका कारण मृत्यु भएको थियो ।

विष्टका शव नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको हो । विष्टलाई लिन हिजो श्री एयरलाइन्सको विमान गएको थियो ।

कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले साउदी अरेबिया, ओमान, पाकिस्तान र भारतको हवाई क्षेत्रको अनुमति लिनु पर्दा प्रमुख सेनानी विष्टको शव ल्याउन ढिला भएको हो । उनको शव ल्याउने सबै जिम्मेवारी संयुक्त राष्ट्रसंघले नै पूरा गरेको नेपाली सेनाले जनाएको छ ।

विष्ट नौं महिनाअघि सुडान मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिनुभएको थियो । विष्टका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।