Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगरमा राप्रपा विजयी, एमालेको पकड क्षेत्र खोस्यो राप्रपाले


1k
Shares

सुरेन्द्र भण्डारी

झापा । झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा विजयी हुनुभएको छ ।

राप्रपाका उम्मेदवार थापा २५ हजार ५२५ मत ल्याएर दमकको मेयर निर्वाचित हुनुभएको हो। थापाका प्रतिस्पर्धी नेकपा एकालैकी गीता अधिकारीले १६ हजार ९६६ मत प्राप्त गर्नुभएको थियो। थापाको विजयलाई राप्रपाका नेताहरुले पार्टीको रणनीतिक विजय भएको बताएका छन्।

एमालेकी मेयर उम्मेदवार अधिकारी यसअघि सोही नगरपालिकाको उपमेयर हुनुहुन्थ्यो। यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रेगिना प्रसाई विजयी हुनुभएको छ। प्रसाईले १७ हजार ७२ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६ हजार ५७४ मत पाउनु भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर एवं निर्वाचन क्षेत्र भएकाले दमक नगरपालिकाको चुनावी परिणामलाई लिएर सबैतिर चासोका साथ हेरिएको थियो ।

एमाले बिरुद्ध त्यहाँ कांग्रेस,माओवादी केन्द्र र राप्रपाले चुनावी गठबन्धन गरेका थिए। दमकमा लामो समयदेखि एमालेको पकड रहेको थियो ।

Skip This