१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


न्यूयोर्कमा मात्रै ८ हजार ६ सयभन्दा बढीको भयो मृत्यु


0
Shares

एजेन्सी, चैत्र ३० । अमेरिकाको न्यूयोर्क जुन राज्य एक्लैमा कोरोना भाइरसका कारण ८ हजार ६२७ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारी कोरोनाबाट न्यूयार्कमा मात्रै एक लाख ८० हजारभन्दा बढी व्यक्ति भाइरसबाट संक्रमित बनेका छन् ।

कोरोना भाइरसबाट संसारमा अमेरिका सबैभन्दा बढी मानिसको मृत्यु हुने देश पनि बनेको छ । यसअघि मृत्युको संख्यामा अगाडि रहँदै आएको इटालीलाई पछि पार्दै अमेरिकामा साढे २० हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

विश्वभर करिब १८ लाख संक्रमित हुँदा अमेरिका एक्लै देशमा चौथाईभन्दा बढी अर्थात् ५ लाख ३२ हजार व्यक्ति संक्रमणको चपेटमा परेका छन् ।

न्यूयोर्कमा १३ हजार व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने अमेरिकाभरमा यसरी फर्कनेमा करिब ३२ हजार रहेका छन् ।