पर्वतको कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


पर्वतको कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


221
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामचन्द्र जोशी मेयरमा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेललाई ७७५ मतान्तरले पराजित गरी जोशी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको हो ।

जोशीले ९ हजार ८६४ मत प्राप्त गर्नुभएको छ भने पौडेलले ९ हजार ८९ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने नेकपा एमालेकी स्वस्थानी रिजाल निर्वाचित हुनुभएको छ । रिजालले ९ हजार ९२ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका शंकर गिरीले ८ हजार २८२ मत ल्याउनुभएको छ ।

१४ वडा रहेको कुश्मामा ८ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ५ वडामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वडा नम्वर १, २, ४, ५, ७, ८, ९ र १४ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्वर ३, ६, १०, ११ र १३ मा एमालेले जितेको छ । वडा नं. १२ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।