
सर्लाही । सर्लाहीकाे हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन् ।
मतगणनाको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार विनोद कुमार शाह तेली विजयी हुनुभएको हो ।
शाहले ५ हजार ९९ मत प्राप्त गरेर मेयरमा विजयी हुनुभएको छ । उपमेयर पदमा पनि नेपाली कांग्रेसकी सुमित्रा देवी ग्वारनी ४ हजार ३ सय ९१ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका योगनारायण राय १ हजार ६ सय ६ मत अन्तरले पराजित हुनुभएको छ। उहाँले ३ हजार ४ सय ९३ मत मात्र प्राप्त गर्नुभएको छ ।
उपमेयर पदमा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले ३ हजार ४ सय मत प्राप्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्