पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


234
Shares

पर्वत । पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।

मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष शर्माले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा बिजयी हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित शर्माले ६ हजार १९ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका उम्मेदवार हमालले ४ हजार ६८० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा लामिछानेले ६ हजार ३०३ मत पाउँदा प्रसाईले ४ हजार ६५४ मत प्राप्त गर्नुभएको छ ।

मोदी गाउँपालिकाका ८ वटा वडा मध्ये पाँच वटामा एमाले र तीन वटामा कांग्रेस विजयी भएको छ ।