सुपरवुमन शिल्पा शेट्टी र भाग्यश्रीका छोरा एउटै पर्दामा « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


सुपरवुमन शिल्पा शेट्टी र भाग्यश्रीका छोरा एउटै पर्दामा


221
Shares

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी र भाग्यश्रीका छोरा अभिमन्यु दसानी एउटै पर्दामा फिल्म ‘निकम्मे’ मार्फत देखिने भएका छन् ।

फिल्म ‘निकम्मे’को ट्रेलर भने सर्वजनिक भैसकेको छ । फिल्मको ट्रेलर पूरै मनोरञ्जनले भरिएको छ । त्यसैमाथि अभिमन्युको अभिनयलाई ट्रेलर मार्फतनै सबैले मन पराएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

फिल्ममा अभिमन्युले एक्सन हिरो बनेर कसरी आफ्नो परिवारलाई बर्बाद हुनबाट बचाउछन् भन्ने कथा देखाइएको छ । फिल्ममा शिल्पा शेट्टी, अभिमन्यु दसानी, समिर सोनी र शर्लि जस्ता कलाकारहरू मुख्य भूमिकामा रहेका छन् । फिल्म लाई निर्देशक सब्बीर खानले निर्देशन गरेका छन् भने फिल्मलाई १७ जुनमा सिनेमा हलहरूमा प्रर्दशन गरिने भएको छ ।

शिल्पालाई यस फिल्म मार्फत लामो समय पछि पर्दामा देख्न पाउदा उनका प्रसंशकहरू निकै उत्साहित भएका छन् । फिल्ममा शिल्पालाई अवनीको भूमिकामा सुपरवुमन बनेको देख्न सकिन्छ । फिल्म रोमान्स, एक्शन र कमेडीले भरिएको छ । फिल्ममा शर्लिको सुन्दरतामा दर्शक मोहित हुनेछन् भने अभिमन्युको काम र संबादमा दर्शक प्रभाबित हुने भारतीय सञ्चार माधयमले जनाएका छन् । यस फिल्मलाई तेलुगु फिल्म ‘मिडल क्लास अब्बायबाट रिमेक गरिएको हो ।