३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सर्लाहीको कौडेना गाउँपालिकामा कांग्रेस विजयी


286
Shares

सर्लाही । कौडेना गाउँपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित हुनुभएको छ ।

अहिले भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५ हजार २८१ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेद्वार राज नन्दन प्रसादले २ हजार ४८१ मत प्राप्त गर्नुभएको कौडैनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै, उपप्रमुखमा नगिना देवीले ४ हजार ९६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेद्वार पलवी देवी यादवले २ हजार ६६२ मत प्राप्त गर्नुभएको थियो ।

कौडेना गाउँपालिकामा ७ वटा वडा रहेको छ जस मध्ये वडा नं. १, २, ४ र ५ मा कांग्रेस निर्वाचित भएको छ भने वडा नं. ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नं. ६ मा माओवादी केन्द्र, वडा नं. ३ मा जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्षहरु निर्वाचित भएको छ ।

यो सँगै सर्लाहीमा कांग्रेसले तीन वटा गाउँपालिका र एउटा नगरपालिका गरी ४ पालिका जितेको छ भने माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ । सर्लाहीमा अहिलेसम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता खोलेको छैन् ।