ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र फक्ताङ्लुङको अध्यक्षमा माओवादी विजयी « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र फक्ताङ्लुङको अध्यक्षमा माओवादी विजयी


169
Shares

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका हाङ्गाम २ हजार ८६९ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजंग चोङ्वाङ ९९ मतले पराजित हुुनुभएको छ । चोङ्वाङले २ हजार ७७० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा (एकिकृत समाजबादी) का दुर्गा प्रसाद चोङ्वाङ निर्वाचित हुनुभएको छ । उहाँ २ हजार ५९८ मत सहित बिजयी हुनुभएको हो । चोङ्वाङका निकटतम प्रतिद्वन्द्वी दावा छिरिङ शेर्पा ९०१ मतले पछि पर्नुभएको छ ।

यसैगरी, फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) निर्वाचित हुनुभएको छ । लिम्बूले २ हजार ६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरोज एभेङले २ हजार ३१२ मत प्राप्त गर्नुभएको छ । एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो ।

उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बू निर्वाचित हुनुभएको छ । उहाँले २ हजार ३५८ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लिम्बू पौडेलले २ हजार २१२ मत प्राप्त गर्नुभयो ।