एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस विजयी « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस विजयी


4.212k
Shares

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

ओलीको हालको निवास रहेको सूर्यविनायक वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रदीप कार्की विजयी हुनु भएको छ ।

कार्की १ हजार ५११ मत प्राप्त गर्नु भएको हो । उहाँका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाउनुभयो ।

त्यस्तै वडा सदस्यहरुमा रन्जिता तिखात्री, कल्पना खतिवडा, जनार्दन खड्का र भगत रानाभाट विजयी हुनु भएका छन् ।

ओलीले महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नु भएको थियो ।