काठमाडौं, चैत २७ । पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई स्यानिटाइजर, ग्लोभ्स र मास्क वितरण गरेका छन् ।
यसैक्रममा बस्नेत परिवारले ईमेजकर्मीलाई पनि स्यानिटाइजर र मास्क उपलब्ध गराएको छ ।
संकटको बेलामा पनि फिल्डमा खटिएर काम गर्ने सञ्चारकर्मीहरुको सुरक्षामा सानै भएपनि सहयोग गर्ने उद्देश्यले यी सामग्री उपलब्ध गराएको बस्नेतकी पत्नी माण्डवी बस्नेतले बताइन् ।









प्रतिक्रिया दिनुहोस्