६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा कांग्रेसका कार्की र सेठी विजयी


234
Shares

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी हुनु भएको छ ।

गाउँपालिकाको अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी प्यानलसहित विजयी हुनु भएको हो ।

अध्यक्षमा कार्की दोब्बर मतान्तरसहित निर्वाचित हुनु भएको छ । कार्कीले ३ हजार ३८४ मत पाउनु हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनु भयो ।

त्यस्तै, उपाध्यक्षमा कांग्रसकी ज्ञानु सेठीले ३ हजार १३ मत पाउनु हुँदा उहाँका प्रतिद्वन्द्वी एमालेका इन्द्र महराले १ हजार ७०३ मत पाउनु भएको छ ।

गन्यापधुरामा कांग्रेस एक्लै तथा एमाले र नेपाली कांग्रेस बिपी चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका थिए ।