कैलाली, चैत २७ । कैलालीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५३ जनामा कोरोनाको ‘र्यापिड टेस्ट’ गरिएको छ ।
८० जना नेपाल प्रहरी र ७३ जना सशस्त्र प्रहरीको ‘थ्रोट स्वाब’ संकलन गरी र्यापिड टेस्ट गरिएको हो ।
र्यापिड टेस्टका क्रममा उनीहरु सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।
भीड तथा ‘फिल्ड’मा खटिएका सुरक्षाकर्मीहरु पनि संक्रमणको उच्च जोखिममा भएका कारण सबै सुरक्षाकर्मीको र्यापिड टेस्ट गरिने प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्