२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै


897
Shares

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।

सुरुवाती समयदेखि नै अग्रता कायम गरेको मनोज साहले ९ सय ७९ मतको गणना हुँदा ३ सय २९ मत ल्याउनुभएको छ । पाँच दलिय गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले ४८ मत मात्र ल्याउनुभएको छ ।

दोस्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह हिरा रहनुभएको छ । उहाँले १ सय २५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतोले ७५, लोसपाका मनोज चौधरीले ५७, स्वतन्त्र उम्मेदवार जानकीराम साह ३४, जनमत पार्टीकी अनिता देवी साह १९, तमलोपाकी विभा ठाकुरले ११ मत ल्याएका छन् ।

यस्तै, उपमेयरतर्फ गठबन्धनका कांग्रेसबाट उम्मेदवार रहेका किशोरी साहले ३ सय ८६ मत ल्याउनुभएको छ । एमालेकी रुना झाले १ सय ४९, लोसपाकी निवर्तमान उपमेयर रिता कुमारी मिश्र ७६, निर्मल चौधरी ७२ मत ल्याएका छन् ।