चितवनकाे भरतपुर महानगरपालिकामा मतगणना सुरु « Imagekhabar – Online News Portal of Nepal


चितवनकाे भरतपुर महानगरपालिकामा मतगणना सुरु


1.651k
Shares

काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।

शनिबार बिहान ११ बजेपछि महानगरको वडा नम्बर १ (ख) बाट मतगणना सुरु भएको हो । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल रहनुभएको छ । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहनु भएको छ ।

नेकपा एमालेबाट विजय सुवेदी प्रतिस्प्रर्धामा रहनुभएको छ । १ लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरपालिकामा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मतदान गरेका थिए।

नेपाली कांग्रेसले भने यहाँ मेयरको रुपमा माओवादी केन्द्रलाई समर्थन गरेको छन् ।