वीरगञ्ज महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने « Imagekhabar – Online News Portal of Nepal


वीरगञ्ज महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने


234
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

शनिबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयले ३२ वटै वडामा गरी ९३ हजार ७ सय ८२ मत खसेको जानकारी दिएको छ ।

वीरगञ्जमा एमालेबाट विजय सरावगी र गठबन्धनबाट राजेशमान सिंह मेयरका उम्मेदवार छन् ।