काठमाडौं, चैत २६ । नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँचओटा देशलाई पत्राचार गरेको छ ।
नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरेको नेपाली सेनाका प्रवक्ता सहयक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।
‘कोेभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम’ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा ती देशहरुलाई पत्राचार गरिएको हो ।
स्वास्थ्य सामग्रीका लागि पत्र पठाइएपनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून रहेको अनुमान सेनाको छ ।









प्रतिक्रिया दिनुहोस्