म्याग्दी, चैत २६ । ‘लकडाउन’का कारण खानाको अभाव भएपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा छोडिएका पशु-चौपाया भोकले छटपटाउन थालेका छन् ।
म्याग्दीको हाँडेभीर, हुलाकचोकलागयतका ठाउँमा सडकमा छाडा छोडिएका पशुहरु भोकले छटपटाएर सडकमै लडेका छन् ।
बेनीबजार सडकमा गाई, गोरुलगायतका चौपायाहरुले दुई सातादेखि खान पाएका छैनन् ।
बेनीबजारमा रहेका होटल, रेस्टुरेन्ट, तरकारी पसलहरु बन्द भएपछि पशु-चौपायाहरु भोकै भएका हुन् ।
पशुहरु भोकले मर्न थालेपछि तत्काल उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भेटेनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
एक साता लम्बिएको लकडाउनको अवधिमा थप क्षति हुन नदिन तत्काल कदम चाल्नुपर्ने केन्द्रले जनाएको छ ।
बजार क्षेत्रमा रहेका कुकुरहरु पनि भोकाएकाले मानिसलाई आक्रमणसमेत गर्न सक्नेतर्फ सतर्क हुनुपर्ने केन्द्रका प्राविधिकको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्