सिन्धुली, चैत २६ । कोरोनाभाइरस संक्रमण रोक्न सरकारले देशभर ‘लकडाउन’ गरेपनि बीपी राजमार्गमा भने चहलपहल रोकिएको छैन ।
सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक प्रदेशबाट अर्को प्रदेशमा आवत–जावतमा प्रतिबन्ध लगाएपनि काठमाडौंमा अलपत्र परेका नागरिक बीपी राजमार्ग हुँदै गन्तव्य जानेक्रम बढेपछि बीपी राजमार्गमा चहलपहल बढेको हो ।
बीपी राजमार्ग हुँदै तराईका जिल्लामा घर भएका नागरिकहरु हिँड्नेक्रम बढेपछि सिन्धुलीका सुरक्षा निकाय र स्थानीय तहलाई सास्ती भएको छ ।
यो राजमार्ग हुँदै दैनिक ठूलो संख्यामा सर्वसाधारण पैदल हिँडेर तराई झर्ने गरेका छन् ।
यसरी आएका पैदलयात्रीलाई गाउँपालिका, प्रहरी तथा प्रशासनकै रोहबरमा गन्तव्यतर्फ पठाइने गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्