Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एकल विन्दु सेवा केन्द्रको काम अनलाइनबाट


117
Shares

काठमाडौं । सरकारले तीन वर्षअघि सञ्चालनमा ल्याएको एकल विन्दु सेवा केन्द्रको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पूर्ण अटोमेसमा लगिने भएको छ ।

उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग स्थापना सहजका लागि केन्द्र स्थापना गरिए पनि यसबाट सेवाग्राहीले लाभ लिन नसकेपछि विद्युतिय माध्यमको प्रयोग गरि अभिलेख गर्न लागिएको हो ।

उद्योग विभाग मातहत रहेको यो केन्द्रमार्फत हुने सबै क्रियाकलाप विद्युतीय माध्यामबाट गर्न लागिएको महानिर्देशक रामचन्द्र तिबारीले जानकारी दिए । महानिर्देशक तिवारीका अनुसार औद्योगिक व्यवसाय नियमावलीले एकल विन्दु सेवा केन्द्रबाट प्रवाह हुने सेवा विद्युतिय माध्यमबाट हुनुपर्ने व्यवस्था गरेसँगै पूर्ण डिजिटलाइज गर्न लागिएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।