
प्रकाश नेपाल (इमेज)
इलाम, चैत २५ । ‘लकडाउन’का कारण इलामको जनजीवन पनि पूर्णरुपमा प्रभावित भएको छ ।
पर्यटकहरुको आवागमनले सधैं भरिभराउ हुने यहाँका चियाबारी अहिले रित्तोझैं देखिन्छ ।
‘पूर्वी पहाडकी रानी’को उपमा पाएको इलाम अहिले सरकारले गरेको लकडाउनका कारण सुनसान देखिन्छ । पर्यटकहरुको आवागमनले सधैं भरिभराउ हुने चियाबारी अहिले रित्तोझैं देखिन्छ ।
वषन्त ऋतु, त्यसै पनि यहाँको सुन्दतासँग लठ्ठीनेको रौनक इलाममा कम्ती रमाइलो हुँदैन थियो । तर, अहिले त्यस्तो कुनै रौनक देखिँदैन ।
कोरोनाभाइरसको महामारीलाई रोक्न जारी गरिएको लकडाउन अवधिमा अपनाइएको सुरक्षा व्यवस्था इलाममा कडा पारिएपनि त्यसको प्रभावकारिता देखिँदैन ।
बिहान र दिउँसो लकडाउनको पालना गरिएझैं देखिन्छ । तर, साँझपख हेर्दा लकडाउनको पालना भएको देखिँदैन । मोटरसाइकल निर्वाध हर्न बजाउँदै दोहोरीलत्त देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोड्तेलले लकडाउनलाई कडाइ गर्नको लागि प्रशासनले अनुगमन गर्ने बताउँछन् ।
त्यसो त समाचार संकलनमा खटिइने इलामका सञ्चारकर्मीहरुका लागि न्यूनतम् सुरक्षाका सामग्रीको समेत अभाव छ ।
लकडाउनअघि र पछिको समयमा खुला सिमानाबाट ठूलो संख्यामा नेपाली कामदार भारतबाट भित्रिएका थिए । जसका कारण यहाँका इलामेलीमा थप त्रास बढेको पाइन्छ ।
इलाम पनि ५२ किलोमिटर क्षेत्र भारतसँग जोडिएको भएका कारणले सञ्चारकर्मीहरुको अवस्था पनि जोखिममा रहेको पत्रकार महासंघ प्रदेश नम्बर–१ का उपाध्यक्ष सोमनाथ सुसेलीको भनाइ छ ।
महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको रोकथामका लागि जिल्लाका विभिन्न स्थानमा औषधि छर्किने काम पनि भइरहेको छ ।
इलामका १० ओटै स्थानीय तहहरुमा ‘क्वारेइन्टाइन’ निर्माण गरेर विदेशबाट फर्केका नागरिकहरुको स्वास्थ्य जाँच गरिएको छ ।
राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय सरकार खटिइरहेका छन् । तर, राहत वितरण समयमा हुन नसक्दा श्रमिक र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु समस्यामा पर्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्