धादिङ । लकडाउनका कारण बालुवा प्रशोधन रोकिंदा त्रिशुली नदी सङ्लोे बगेको छ । नदी किनारमा बालुवा धुने फिरफिरे नचल्दन त्रिशुली नदी सङ्लो भएको हो ।
धादिङ र नुवाकोट जिल्लामा त्रिशुली नदी किनारमा ढिस्काको बालुवा धुने, नदीबाटै बालुवा झिक्ने र नदी किनारमै क्रसर चलाउने गर्दा त्रिशुली नदी सँधैजसो धमिलो बग्ने गर्दथ्यो ।
नेपाल सरकारबाट तोकिएको मापदण्ड विपरित सञ्चालन भएका खानी, क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुले नदी धमिल्याउदै आएका थिए ।
त्रिशुली नदी र यसको आसपासका खोलाहरुवाट निर्माण सामाग्री उत्पादन गर्ने नाममा तीन दशकदेखि लगातार उत्खलन हुदै आईरहेको र यस कार्यले त्रिशुलीको स्वरुप विग्रिएको प्रति अभियन्ता चिन्ता व्यक्त गर्रै आएका छन ।









प्रतिक्रिया दिनुहोस्