Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


लकडाउनकै बीच धुमधाम चैतली मेला, हजारौं मानिस सहभागी


0
Shares

बझाङ । मुलुक कोरोना संक्रमण नियन्त्रण र रोकथाममा जुटिरहेको बेला बझाङको छबिस पाथिभेरा गाउँपालिकाको बान्नीमा चैतली मेला लागेको छ ।

मेलामा हजारौंको संख्यामा मानिसहरु सहभागी भएका छन् । मेला लाग्ने बान्नी चौरमा कोरोनाको जोखिम र लकडाउनको बेवास्ता गरी स्थानीय सहभागी भएका हुन् ।

मेलामा लिंगो समेत ल्याएर भगवानलाई चढाउने क्रममा पनि मानिसहरुको लामो तांती लागेको थियो ।

छबिस पाथिभेरा गाउँपालिकाका उपाध्यक्ष राधिका रताला जोशीले गाँउपालिकाले यस वर्ष कोरोनाका कारण चैतली मेला मनाउन रोक लगाएपनि स्थानीयले यसको उल्लंघन गरेको बताइन । 

गाँउपालिकाका विभिन्न सीमामा सुरक्षाकर्मी परिचालन गरेपनि चोरबाटो प्रयोग गरेर मानिसहरु मेलामा उपस्थित भएको उहांको भनाई छ । चैतली मेला हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन लाग्ने गर्छ ।