काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण जनतामा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अबको २ हप्ता संक्रमणको उच्च जोखिममा देश रहेको बताएका छन् ।
कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको र समुदायमा संक्रमण पुगेकोले दुई हप्ता अझ कठिन हुने उनले बताए ।
कोरोनाको संक्रमण फैलिन सरकारको सारा ध्यान त्यता लगाएको र केही दिनमा नै ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्