Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने


3.8k
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजना जुनसुकै बेला पनि बन्द हुने सम्भावना बढेको छ ।

प्रि-मनसुनकै समयमा भारी वर्षा हुने पूर्वानुमानसँगै बाढी आउन सक्ने सम्भावना बढेकाले आयोजनामा हुने सम्भावित क्षतिलाई जोगाउन आयोजना बन्द गर्नुपर्ने देखिएको हो ।
यही बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । लगतै जेठ पहिलो साता पनि वर्षा हुने मौसमविद्को भनाइ छ ।

वर्षाले बाढीको सम्भावना देखिएमा जुनसुकै बेला मेलम्ची बन्द हुने खानेपानी मन्त्रालयको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।