Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्नुहुने भएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।