Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


ज्वरो आएको विरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि एक महिलाको मृत्यु


0
Shares

कपिलवस्तु ।  ज्वरो आएका विरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि कपिलवस्तुको यशोधरा गाउँपालिका–६ कि एक महिलाको मृत्यु भएको छ ।

आइतबार राती ज्वरोले च्यापेपछि रंगपुरकी ३६ बर्षीया कलामुन निशाको मृत्यु भएको हो । ज्वरो आएपछि सुरुमा उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

अस्पतालले भर्ना गर्न नमानेपछि विरामीका आफन्तले उनलाई भैरहवा पुर्‍याएको बताएका छन् ।

भैरहवा मेडिकल कलेजले पनि भर्ना नलिए पछि पुनः कपिलवस्तु अस्पताल ल्याएको वडा अध्यक्ष श्याम नारायण उपाध्यायले जानकारी दिए ।

अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले सोमबार मृत घोषणा गरेको थिए । निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएपछि तौलिहवास्थित एक मेडिकलबाट औषधि दिइएको थियो ।

टाईफाइड भएको भन्दै स्थानीय मेडिकलले दिएको औषधिले काम नगरेपछि उनलाई अस्पताल लगिएको बताइएको छ ।