१३ आश्विन २०८०, शनिबार | Sun Oct 1 2023


राष्ट्रपतिद्वारा आगामी जेठ ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान


585
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मंगलबारका लागि संसद अधिवेशन बोलाउनुभएको हो । आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुरूप राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ।

जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषयमा सदन समक्ष पेश गर्ने जनाइएकाे छ ।