कपिलवस्तु, चैत २४ । ज्वरो आएका बिरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ ।
आइतबार (हिजो) राति ज्वरोले च्यापेपछि यशोधरा गाउँपालिका–६, रंगपुरकी ३६ वर्षीया कलामुन निशाको मृत्यु भएको हो ।
ज्वरो आएपछि सुरुमा उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । अस्पतालले भर्ना गर्न नमानेपछि बिरामीका आफन्तले उनलाई भैरहवा पु¥याएको बताएका छन् ।
भैरहवा मेडिकल कलेजले पनि भर्ना नलिएपछि पुनः कपिलवस्तु अस्पताल ल्याएको वडाध्यक्ष श्यामनारायण उपाध्यायले जानकारी दिए ।
अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
निशालाई तीन दिनपहिला सामान्य ज्वरो आएपछि तौलिहवास्थित एक मेडिकलबाट औषधि दिइएको थियो ।
टाइफाइड भएको भन्दै स्थानीय मेडिकलले दिएको औषधिले काम नगरेपछि उनलाई अस्पताल लगिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्