Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मुलुकमा राजनीति दुर्घटनाको खतरा रहेकाले गठबन्धन बन्यो : अध्यक्ष दाहाल


559
Shares

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसको बचाउमा गठबन्धन बनेको दाबी गर्नुभएको छ ।

आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आइतबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसको बचाउमा गठबन्धन बनेको दाबी गर्नुभएको छ ।

उहाँले स्थानीय तहको निर्वाचनमात्र हैन, प्रदेश र संघको चुनावमा पनि गठबन्धन अघि बढ्छ । सबैलाई फाइदा हुने भएकोले दलहरुबीच गठबन्धन बनेको बताउनुभयो ।

अध्यक्ष दाहालले विगतमा कांग्रेस एक्लै चुनाव लड्दा कांग्रेसको अवस्था के भएको थियो, त्यो बुझ्नुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ युगको सुरुआत पनि अहिलेको गठबन्धनबाटै गर्ने संकल्प लिएका छौं । सर्वसम्मत उम्मेदवार छान्ने कुरा सजिलो थिएन, तर देशको आवश्यकता अनुरुप सफल भयांै ।’

कांग्रेसको नेतृत्वमा रहेको सरकार सफल पार्न भरतपुरको सम्बोधनमा अपील गर्दै गर्दा आप्mनोे भनाइलाई गलत ढंगले अर्थ लगाइएको भनी उहाँले प्रतिवाद प्रतिवाद गर्नुभएको छ ।

Skip This