१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय


0
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो । सुदुरपश्चिमलगायत देशका विभिन्न स्थानमा संक्रमितहरूको संख्या थपिदै जान थालेपछि लकडाउन अवधी थप्ने तयारी भएको हो ।

कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।

दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो । आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ।