सिराहा । लकडाउनका कारण सिराहाका दलितहरुको दैनिकी कष्टकर बन्न थालेको छ ।
कोरोना भाइरसको कारण देशमा लकडाउन जारी भएका बेला दैनिक मजदुरीबाट जीविका चलाउँदै आएका धोवियाधार, पानबारीका दलितहरुको दैनिकी कष्टकर बन्न थालेको हो ।
पछिल्लो १० दिनदेखि मजदुरी गर्न कतै जान नपाएपछि दैनिक ज्यालादारी गरेर हातमुख जोड्नेहरु समस्यामा परेका छन् ।
भारतका विभिन्न ठाउँमा काम गर्नेहरु फर्केर गाउँ पसेपछि छिमेकी गाउँकाले उनीहरुलाई नाकाबन्दी जस्तै गरेका छन् ।
त्यहीँ बस्नेले पनि काम पाएका छैनन् भने उनीहरुले काटेर ल्याएको काठ दाउरा समेत गाउँलेले किन्न मानेका छैनन् । नुन र भात खाएर बसेको उनीहरुको गुनासो छ ।
धोवियाधारमा करिव ४० परिवार सदाय (मुसरहर) हरुको छुट्टै बस्ती छ । दलितहरुको अत्यधिक बसोबास रहेको सिराहामा सदायहरुमात्र करिव ५० हजारको संख्यामा रहेका छन् ।
यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ । यता स्थानीय तहले भने राहत व्यवस्थापनको छलफल तथा नामावलीहरु संकलन गर्ने कार्य गरिहेको जनाएको छ ।
प्रदेश सरकारले लकडाउनका कारण समस्यामा परेकाहरुको राहतको लागि नगरपालिका तथा गाउँपालिकाहरुलाई आवश्यक रकम पठाईसकेको बताउँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्