बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप


611
Shares

कैलाली । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको हो ।

शुक्रबार दुई समूहबीच बुढिनन्दा नगरपालिका वडा न ९ मा झडप भएको हो ।

कांग्रेसका कार्यकर्ताको कुटाइबाट एकीकृत समाजवादीका कार्यकर्ताहरु भागेर प्रहरी कार्यालयमा गएका थिए । पाण्डुसेन प्रहरी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताउनुभयो ।

प्रहरीले घटनालाई नियन्त्रणमा लिन अवाइ फायर गरेको हो ।

प्रहरीतर्फ तीन जना र नेपाली कांग्रेसका तीन जना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनुभयो ।