बागलुङ । बागलुङमा लकडाउनमा थप कडाइ गरिएको छ ।
प्रहरीले आज बिहान लकडाउन उल्लंघन गर्ने ४० भन्दा बढीलाई पक्राउ गरेको छ ।
बजारमा खुलेआम हिड्ने र सवारी चालाउनेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता हेम केसी जानकारी दिए ।
लकडाउनको समयमा पनि विभिन्न बहानामा घर बाहिर निस्कने, समुह समुहमा हिड्ने क्रम बढेपछि प्रहरीले लकडाउन उल्लंघन गरे कारवाही गर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्