नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब बराबरको सहयोग सम्झौता « Imagekhabar – Online News Portal of Nepal


नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब बराबरको सहयोग सम्झौता


455
Shares

काठमाडौं । नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

अमेरिकी सहयोग नियोग (युएसएड) र अर्थ मन्त्रालयबीच बिहीबार भएको सम्झौता अनुसार अमेरिकाले युएसएड मार्फत आगामी पाँच वर्षभित्र ६५ करोड ९० लाख डलर सहयोग अनुदान नेपाललाई उपब्ध गराउने छ ।

सम्झौता पत्रमा अर्थ मन्त्रालयलका सहसचिव इश्वरीप्रसाद अर्याल र युएसएड नेपालका म्यानेजर सेपिध किवान्सले हस्ताक्षर गरेका छन् । साँवा ब्याज केही तिुर्न नपर्ने यो रकम नेपाल सरकारले पाँच वर्ष भित्र खर्च गर्नु पर्ने छ ।

युएसएड माफर्त हुने सहयोग यस अघिसम्म युएसएडले आफुखुशी खर्च गर्दै आएकोमा यो पटकदेखि नेपाल सररकारले बजेटमा समावेश गरेर खर्च गर्न पाउने छ । सहयोग रकम शिक्षा, स्वास्थ्य, कृषि, र सडक पूर्वाधारमा खर्च गर्नुपर्ने छ ।

गत फागुन १५ गते एमसीसी सम्झौता पारित भएपछि अमेरिकाले युएसएड मार्फत दिने अनुदान रकम बढाएको हो ।