म्याग्दी । उत्तरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधीन मिस्त्रीखोला जलविद्युत आयोजनाका मजदुरहरु आन्दोलित भएका छन् ।
निर्माणको अन्तिम चरणमा पुगेको ४२ मेगावाट क्षमताको आयोजनामा कार्यरत करिब २ सय मजदुरले लकडाउनको समयमा घर नपठाएको, बिरामी मजदुरको उपचार नगरेको, घरमा आफन्तको मृत्यु हुँदा समेत जान नपाएको र ज्याला नदिएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताएका छन् ।
यहाँ कैलाली र इलामका मजदुरहरु धेरै छन् । केही मजदुर आयोजनाको काम छाडेर घर गएपनि दुई सय भन्दा बढी मजदुर क्याम्पमै बसेका थिए ।
लकडाउनको समयमा खान बस्नका लागि ठेकेदारले वेवास्ता गरेको उनीहरुको गुनासो छ । आउँदो वैशाख महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य थियो ।
गत वैशाख अन्तिम हप्ता दुई हजार २ सय ७० मिटर सुरुङको ब्रेक थ्रू भएको थियो । सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्