रुपन्देही । रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र नजिक सीमाबाट ५ किलोमिटरको दुरीमा पर्ने भारतको कोल्हुईमा ६ जनामा कोरोनाको संक्रमण भेटिएपछि मर्चवार उच्च जोखिममा देखिएको छ ।
नयाँ दिल्लीस्थित मरकजबाट फर्केर आएका २३ जनामध्ये ६ जनामा संक्रमण देखिएपछि भारतको खुल्ला सीमानासंग जोडिएको रुपन्देही मर्चवारका तीनवटा गाउँपालिकामा त्रास बढेको हो ।
लकडाउनका बावजुद पनि स्थानीय किसान नेपाल भारतको खुल्ला सीमानामा मुख्य बाटो छोडी अरु बाटोको प्रयोग गरी दैनिक भारतको ठोठरी, कोल्हुइ तथा नौतनवा बजारमा तरकारी तथा दुध बिक्री गर्दै आएका छन् ।
संक्रमित भारतीय नागरिकलाई भने मिठौरा स्वास्थ्य चौकीको आईसोलेसनमा राखिएको छ भने संक्रमितको परिवार तथा मरकजबाट आएका अन्यलाई पनि क्वारेन्टाईनमा राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्