काठमाडौं । देशकै ठूलो काठमाडौं महानगरपालिकामा ९२ जनाले प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको १ लाख ४५ हजार ९२ जना उम्मेदवारमध्ये कामपामा यति धेरैले उम्मेदवारी दिएका हुन् ।
काठमाडौंमा प्रमुखका लागि ५५ र उपप्रमुखमा ३७ जनाले उम्मेदवारी दिएका छन् । कामपाको प्रमुख पदमा एमालेको तर्फबाट केशव स्थापित र गठबन्धनको तर्फबाट प्रकाशमान सिंह पत्नी सिर्जना सिंहले उम्मेदवारी दिनुभएको छ । मेयरमा ३५ जनाले स्वतन्त्र र २० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवारी दिने केही पार्टी पहिलोपटक र नयाँ दल देखिएका छन् । मौलिक जरोकिलो पार्टी, आधुनिक नेपाल समाजवादी, आमूल परिवर्तन मसिहा पार्टी, नेपाली कांग्रेस र नेपाली कांग्रेस बीपी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय यथार्थवादी, सचेत नेपाली पार्टीलगायतले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
प्रमुखमा उम्मेदवारी दिएका अधिकांश दलले उपमेयरमा समेत उम्मेदवारी दिएका छन् । स्वतन्त्रमा सबैभन्दा धेरैले उम्मेदवारी दिएका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्