 
	    पाल्पा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पा र पाल्पा विकास केन्द्र तानसेनले आयोजना गरेको ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन मर्यादित र निष्पक्ष रिपोटिङ्ग’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले निर्वाचनको प्रचारप्रसारको क्रममा छरिएका भ्रमहरू चिर्न र जनतामा सही सूचना पुर्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।
प्रचारप्रसारका क्रममा पत्रकार आचारसंहिता उलङ्घन नगर्न आफूहरू सचेत रहेको भन्दै जिल्लाका क्रियाशील पत्रकारहरूले भयरहित र भ्रममुक्त भएर निर्वाचनमा मत खसाल्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जिल्लाको समग्र सुरक्षा अवस्था, सुरक्षाकर्मी, कर्मचारीहरूको खटनपटनको अवस्थाबारे जानकारी गराउनुभयो ।
११८ मतदान स्थल र २४७ मतदान केन्द्र रहेको जिल्लाका लागि १ हजार ९ सय ७१ जना कर्मचारी, ४०७ सेना, २७८ सशत्र प्रहरी, ७०४ जना नेपाल प्रहरी र १ हजार ८० जना म्यादी प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय निर्वाचनमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र पत्रकारले निभाउनुपर्ने भूमिकाको विषयमा छलफलसमेत भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्