‘मानवअधिकार उल्लंघनका आरोपीलाई प्रहरी महानिरीक्षक बनाइयो’ « Imagekhabar – Online News Portal of Nepal


‘मानवअधिकार उल्लंघनका आरोपीलाई प्रहरी महानिरीक्षक बनाइयो’


2.301k
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाउनुभएको छ ।

बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताउनुभयो ।

सिंहले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभयो । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि उहाँले सरोकारवाला सबैलाई आव्हान गर्नुभयो ।