काठमाडौं, चैत २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण बढाउन सरकारसँग माग गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी स्थानीय संक्रमण देखिनु महामारीको दोस्रो चरणमा पुगिएको भन्दै यसअघि संक्रमित देखिएका सबैका परिवारजन, छरछिमेकी र घुलमिल भएका व्यक्तिहरुमा पनि तत्काल परीक्षण गर्न माग गरे ।
विज्ञप्तिमा बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्यरुपमा ‘क्वारेन्टाइन’मा बस्न कडाइ गर्न अपिल गरिएको छ ।
अब पनि हेलचक्र्याइँ गर्नु भनेको समुदायमा संक्रमण फैलन छुट दिनुसरह भएको भन्दै गम्भीरता देखाउन विज्ञप्तिमार्फत् सरकारलाई आग्रह गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्