Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


दृष्टिविहीनहरुलाई नेत्रहीन संघद्वारा खाद्य सामग्री सहयोग


0
Shares

काठमाडौं, चैत २२ । नेपाल नेत्रहीन संघले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुलाई खाद्य सामग्री सहयोग गरेको छ ।

‘लकडाउन’पछि दैनिकी गुजारा गर्न समस्या भएका दृष्टिविहीनहरुलाई संघले सहयोग गरेको हो ।

यसैक्रममा संघले शनिबार कीर्तिपुरमा रहेका ५४ जना दृृष्टिविहीनहरुलाई प्रतिव्यक्ति १० केजी चामल, एक केजी दाल, तेल, नुन र साबुन वितरण गरेको छ ।

लकडाउनपछि आफूहरु समस्यामा परेको भन्दै दृष्टिविहीनहरुले घर फर्कने वातावरण मिलाइदिन सरकारसँग माग गरेका छन् ।