Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सिकाइ क्षति न्यूनीकरण


130
Shares

काठमाडौँ । कोरोना महामारीले संसारलाई लामो समयसम्म आतङ्कित बनाए पनि खोपको विकास र आवश्यक पूर्वसावधानीले गर्दा अहिले सबैतिर महामारी मत्थर हुँदै गएको छ। प्रत्यक्ष प्रभाव दिनानुदिन कम हुँदै गएको छ तर दुई वर्षसम्म संसारलाई अस्तव्यस्त बनाएको महामारीको नकारात्मक र अप्रत्यक्ष असर भने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र समग्र मानव विकासका सूचकहरूमा क्रमशः देखिँदैछ।

लामो समयसम्म विद्यार्थीहरू पठनपाठनबाट वञ्चित हुने समस्या एकातिर देखियो भने अर्कातिर विद्यालय तहका ससाना बालबालिका वैकल्पिक विधिमा अभ्यस्त नहुँदा इन्टरनेटको दुरूपयोग र नकारात्मक प्रभावको सिको गर्ने अवस्थासमेत महामारीका समयमा सिर्जना भयो। विद्यालयहरू बन्द भएको समयमा बालबालिकाको पठनपाठन क्रियाकलाप ठप्प हुँदा उनीहरूका उमेरगत सिप सिकाइमा अवरोध सिर्जना भयो। उपयुक्त समयमा प्राप्त गर्नुपर्ने उचित वातावरण प्राप्त नभएकै कारण बालबालिकाको सिकाइ क्षतिको असर बिस्तारै उनीहरूको उपलब्धि र शैक्षिक स्तरमा देखा पर्न थालेको छ।

ग्लोबल एजुकेसन इभिडेन्स एडभाइजरी प्यानल (जिइइएपी) ले तीन कक्षामा पढ्ने बच्चाले एक वर्ष विद्यालय जान नपाउँदा कम्तीमा तीन वर्षको शैक्षिक क्षति बेहोरेको तथ्यांक प्रस्तुत गरेको छ। त्यसो त युनिसेफलगायतका संस्थाहरूले महामारीको समयमा बालबालिकाले सिप सिकाइमा अपूरणीय क्षति बेहोरेका र त्यसलाई पुनः आर्जन गर्न विशेष कार्यक्रम आवश्यक पर्ने कुरा औल्याएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।