Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


ट्रम्पले भने, ‘म मास्क लगाउँदिन, मास्क लगाउने सुझाव मलाई होइन’


0
Shares

एजेन्सी, चैत्र २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । आफ्नै सरकारले जारी गरेको आदेशको अवज्ञा गर्दै राष्ट्रपति ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने बताएका हुन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरेको छ ।

शुक्रबारको नियमित प्रेस सम्मेलनमा मास्कबिनै प्रस्तुत भएका उनले भने, ‘आफू मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, डिटेक्टर, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म पनि गर्न सक्दिँन ।’

मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव पनि स्वैच्छिक हो भन्दै उनले भने, ‘तपाईँहरुले पनि यसको पलना गर्नु पर्दैन । मलाई लाग्दैन कि मैले पनि यसको पालना गर्ने छु ।’

राष्ट्रपति ट्रम्पले ‘ती सुझावहरु मेरा लागि होनन्’, भन्दै आफूले पनि उल्लंघन गरेको र अरुलाई पनि उल्लंघन गर्नका लागि प्रेरित गरेको समाचारहरुले टिप्पणी गरेका छन् ।

शुरुमा बिरामी, बिरामीको स्याहार गरिरहेकाहरुले मास्क लगाउनु पर्ने जनाएको सिडिसीले शुक्रबार भने संक्रमण हुन नदिनका लागि आफ्नो अनुहार पनि छोप्नु राम्रो हुने उल्लेख गरेको थियो ।