Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


दाङमा बाढीले बगाउँदा एक किशोरीकाे मृत्यु


195
Shares

काठमाडाैं । दाङको बबई गाउँपालिकामा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ।

बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्वतिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको हो। साेमबार बिहानदेखि परेको वर्षापछि आएको बाढीले उनलाई बगाएको थियो। बाढीले बगाउँदा गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा घाइते सन्ध्या परियारको मृत्यु भएको हो।

उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत भएकाे प्रहरीले जनाएको छ।