काठमाडौं । मधुवन नगरपालिका–७ का निवर्तमान नगर प्रमुख कृष्ण केसी चुनावमा माओवादीबाट नगरप्रमुखको टिकटका लागि प्रमुख दाबेदारमा पर्थे। सहकर्मी तथा छिमेकी डम्बर केसीको नेपाली कांग्रेसले नगर प्रमुखमा दाबेदारको रुपमा नाम सिफारिस भयो। केसीद्वय लामो समयसम्म मधुवन नगरपालिका स्थिति साना किसान सहकारीको समृद्धि र उन्नतिका लागि योगदान गरेर चिनिएका सफल पात्र हुन्। उम्मेदवारको टुंगो नलाउञ्जेल केसीद्वय पटकपटक छलफल बस्दा दुबै जनाको मनमा चिसो पस्यो। तर, केसीद्वयले नै टिकट नपाएपछि आ–आफ्नो पार्टीको प्रचारमा खुल्दा दुबै जनाको मित्रतामा ठेस पुगेको छ।
यस्तै, गुलरिया नगरपालिकामा ६ नम्बरमा एमाले र कांग्रेसका वडाध्यक्षका उमेदवार नातामा दाजु र भाई पर्छन्। कांग्रेसबाट टिकट पाएका सुन्धान्सु शर्मा (भाई) र एमालेबाट टिकट पाएका निरज शर्मा (दाजु) आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि भिड्दैछन्। चुनावकै कारणले दाजु र भाईमा प्रतिस्पर्धा हुँदा नातागोतामै एक पक्षीय समर्थनको निर्णय लिन पर्ने परिवारमा बाध्यता छ। वैशाख ३० तोकिएको निर्वाचनका लागि छिमेक र नातागोता भिडेको यि प्रतिनिधि घटना हुन्। जिल्लामा रहेका आठ वटा स्थानीय तहमा चुनावले निम्त्याएका यस्ता परिदृश्यका शिकार गाउँ छिमेक हुन थालेका छन्।
यस्तै गुलरिया नगरपालिका वडा नं. ७ मा कांग्रेस र एमालेबाट मनोज यादव र गणेश यादव अध्यक्षमा भिड्दैछन्। नातागोता फुटाउने गरी उम्मेदवार छनोट गर्दा एक आपसमा मन कुडिदै गएको छ। वडा नं। ७ का अध्यक्षका उम्मेदवार मनोज यादवले नाता गोता प्रतिस्पर्धी भएपनि जनताको मन जितेकोले आफ्नो जित सुनिश्चित भएको दावी गर्छन्। चुनावले छरछिमेक र नातागोतामा देखिएको बिबादले आत्मियताको चिरहरण भइरहेको छ। चुनावले छोपेपछि फरक राजनीतिक आस्था बोकेका छिमेकी बोलचाल बन्द हुने मात्र होइन, गाई बस्तु अर्कोको बारी गएर खाइदिँदा समेत पार्टीगत झगडा बिउँ बनिरहेको पाइएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्