काठमाडौं, चैत २१ । नेपाल पत्रकार महासंघले विभिन्न प्रतिष्ठान शाखाहरुलाई कोरोनाभाइरसबाट जोगिने सुरक्षा सामग्रीहरु उपलब्ध गराएको छ ।
महासंघका महासविच रमेश विष्टले शुक्रबार ईमेज च्यानल शाखाका अध्यक्ष ग्रीष्मा राजभण्डारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै महासचिव विष्टले विषम परिस्थितिमा पत्रकारहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
सञ्चारगृहरुले पत्रकार तथा कर्मचारीहरुलाई आर्थिक सहयोग नगरेको भन्दै अहिलेको विषम परिस्थितिमा काम गर्नेहरुलाई आर्थिकरुपमा पनि प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
पत्रकरहरुले अप्ठेरो अवस्थामा पनि पेसागत धर्म निर्वाह गरिरहको भन्दै उनले प्रशंसा गरे ।









प्रतिक्रिया दिनुहोस्