२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१८ महिनादेखि चीन प्रवेश पास बन्द


377
Shares

रसुवा । रसुवाबासीका लागि उपलब्ध गराउँदै आएको नेपाल चीन आगमन प्रस्थान अनुमतिपत्र (चाइना प्रवेश पास) वितरण १८ महिना देखि रोकिएको छ ।

कोभिडका कारण रसुवागढि नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढि अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास वितरण रोकेको छ । चीनसँग सीमा जोडीएको नेपालको सबै जिल्लाका बासिन्दाले नागरिकताको आधारमा चीनको पास पाउँदै आएका छन । नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण पनि बन्द गरिएको हो ।

नाका पूर्णरुपमा सञ्चालनमा आएपछि पुन: पास सञ्चालनमा ल्याइने बताइएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।