काठमाडौं । प्रमुख सात्ता साझेदार दल नेपाली कांग्रेसका ६२३ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा सबै भन्दा धेरै वडा सदस्यहरू छन् । सबै भन्दा धेरै वडा सदस्यहरूमा मनोनयन दर्ता गराएकाहरूले उम्मेदवारी फिर्ता लिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतका अनुसार तीनजना नगर प्रमुखका उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् भने नगर उपप्रमु १७, गाउँपालिका अध्यक्षतर्फ १० तथा उपाध्यक्ष १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
वडाध्यक्षतर्फ ८९, महिला सदस्यतर्फ ९९ तथा दलित महिला सदस्यतर्फ ११२ जनाले उम्मेदवारी फिर्ता लिएछन् भने दुई खुला सदस्यतर्फ २७४ जनाले उमेदवारी फिर्ता लिएका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्