तेह्रथुम । नेकपा एमालेले जनताको माग र समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै म्याङलुङ नगरपालिकाका-६ का ७५ घरधुरीले एमाले परित्याग गरेका छन ।
साविक जिरिखिम्तिको सुर्के गाउँका करिब ३ सयले एमाले छोडेसँगै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
काँग्रेसले बुधबार एक कार्यक्रमको आयोजना गर्दै नवप्रवेशीहरुलाई स्वागत गरेको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्